मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

एनपीएल विजेता लुम्बिनी लायन्सको ‘च्याम्पियन्स ट्रफी टुर’ : अर्घाखाँचीमा भव्य स्वागत

Ujyalosandeshonline 12444+ समाचार ( )
१२ पौष २०८२, शनिबार

अर्घाखाँची । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्स ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ को क्रममा अर्घाखाँचीको सन्धिखर्क आइपुगेको छ । कपिलवस्तु हुँदै सन्धिखर्क आएको च्याम्पियन्स ट्रफी र टोलीलाई देख्दा स्थानीय खेलप्रेमीहरू उत्साहित भएका थिए ।

टोलीलाई स्वागत गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले खेलाडीहरूले राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले नगरपालिका खेल क्षेत्रको विकासमा लाग्न सदैव तयार रहेको बताउनुभयो । यस्तै, जिल्ला क्रिकेट संघका अध्यक्ष रिषिकेश भट्टराईले पहाडी जिल्लाहरूमा क्रिकेटको महत्व बढ्दै गएकोले राज्यले उचित लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, वडाध्यक्षहरू, उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवीहरूले खेलाडीको टोलीलाई सम्मान गरेका थिए । यो ‘सेलिब्रेसन टुर’ अन्तर्गत पुस १३ गते गुल्मीको तम्घासमा ट्रफी प्रदर्शन गरिनेछ । लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार