मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सप्तरीमा घुस रकमसहित निमित्त कार्यालय प्रमुख र चालक नियन्त्रणमा

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ असार २०८३, सोमबार

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका निमित्त कार्यालय प्रमुखसहित दुई जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई कार्यालय प्रमुखकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।

भ्याक्सिनेटरहरूले सेवा उपलब्ध गराए बापत पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत घुस माग गरेको उजुरीका आधारमा उनीहरूलाई समातिएको आयोगले जनाएको छ । टोलीले चालक यादवको साथबाट घुस बापतको रू. ३३ हजार ३५० र स्रोत नखुलेको रू. ४८ हजार ७० गरी जम्मा रू. ८१ हजार ४२० नगद बरामद गरेको छ । यस्तै, यादवको साथबाट रू. १ लाख २९ हजार बराबरको ४ थान चेक र डा. दासको साथबाट रू. १ लाख २५ हजार बराबरको १ थान चेक र मोबाइल बरामद गरिएको छ । नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार