मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

पुनःस्थापनाको माग गर्दै मधेश प्रदेशका हरवाचवाहरु आन्दोलित

Ujyalosandeshonline 11566+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका हरवाचरवाहरु आन्दोलित भएका छन् । शुक्रबार मधेश प्रदेशभरका हरवाचरवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले पुनःस्थापनको माग अघि सार्नुका साथै हरवाचरवाको कार्यविधि पास हुनुपर्ने जस्ता मागहरु गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०७९ साल साउन २ गते हरवाचरवा प्रथा अन्त्य भएको घोषणा गरेका थिए । तर त्यसयता आफूहरुले कुनै सरसुविधा राज्यबाट नपाएको र पहिला भन्दा बढी समस्या भोग्नु परेको राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सादाले जानकारी दिए ।

केन्द्र सरकारले आफूहरुलाई आश्वासन दिएतापनि मधेश प्रदेश सरकारले जग्गा उपलब्ध गराउन अधिकार नरहेको भन्दै आफूहरुलाई बिच्चलिमा पारेको सादाको आरोप छ । सादाले हरवाचरवाको पुनस्र्थापनाका लागि विस्तृत कार्ययोजना र कार्यविधि सम्बन्धित अविलम्ब, पारित गर्नुपर्ने, हरवाचरवालाई जीविकाको लागि कम्तिमा १० कठ्ठा जमिन प्रदान गर्नुपर्ने, वैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारीविहीनलाई तीन महिने, ६ महिने वा त्योभन्दा बढी समयको निःशुल्क सिपमूलक तालिम र १ लाखको बिउ पुँजी र आवश्यक औजार प्रदान गर्नुपर्ने लगायत आफूहरुको माग रहेको बताए । सरकारले आफूहरुको माग सम्बोधन नगरे आठवटै जिल्लामा हरवाचरवाहरुले विरोध प्रदर्शन गर्ने महासचिव सादाले चेतावनी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार