मुख्य समाचार
छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन | भीमफेदी दुर्घटनामा नागरिक गुमाएको शोकमा चक्रघट्टा गाउँपालिका बन्द, किरिया खर्चबापत रु ५० हजार दिइने |

कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयन अनुशिक्षण कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12671+ समाचार ( )
२९ मंगशिर २०८२, सोमबार

काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा आज कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयनसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीका विभिन्न एकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यलाई मार्गनिर्देश गर्न तथा सोअनुरूप कार्यालय र कार्यालय प्रमुखहरूको कार्य–प्रभावकारिता र कार्यदक्षता अनुगमन एवं मूल्याङ्कन गर्ने प्रयोजनका  लागि यही मङ्सिर २५ गतेको बैठकबाट पारित ढाँचा सम्बन्धमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बरबहादुर विकले अनुशिक्षण दिइएको विषयले वस्तुनिष्ठ मूल्याङ्कनको आधार तयार गर्ने र सङ्गठनलाई आगामी दिनमा कुनै पनि योजना बनाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले मूल्याङ्कन ढाँचाले विभिन्न प्रहरी एकाइहरूको तुलनात्मक अध्ययन गर्ने अवसर मिल्नुका साथै आफूले गरेको कामबारे विश्लेषण गरी सुधार गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीले अनुशिक्षणको उद्देश्य एवं प्रभावकारिताबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले अनुशिक्षण कार्यक्रमको परिचय, उद्देश्य, कार्यसम्पादन अभिलेखका लागि निर्दिष्ट कार्यालयहरू, औचित्य, प्रतिवेदनको ढाँचा, सूचकहरूको सङ्ख्यात्मक विवरण, कार्यसम्पादनका मुख्य क्षेत्रहरू, प्रतिवेदन प्रणाली, मूल्याङ्कन प्रणाली, मूल्याङ्कन भार, उत्प्रेरणा र सुधार एवं अपेक्षित उपलब्धिीसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै सात वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । उक्त प्रणाली मङ्गलबारदेखि कार्यान्वयन हुने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार