मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

सरकार ऋणमा रहेपनि किसानलाई ऋण नलागोस् : मन्त्री साह

Ujyalosandeshonline 11564+ समाचार ( )
१ वैशाख २०८१, शनिबार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले युवा र महिलाका लागि स्वदेशमै रोजगारीको सिर्जना गरेर विदेश पलायन हुने थितिको अन्त्य गर्न सरकार लागि परेको बताएकी छिन् । 

शनिबार देशभक्त युवा नेपालद्धारा आयोजित आत्मनिर्भर युवाहरुलाई सम्मान तथा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आम युवाहरु आत्मनिर्भर बन्न सक्यो भने मुलुक समृद्धिमा लम्किने बताइन् । 

उनले भनिन्, ‘विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्नका लागि योजना बनाउने काममा लागिपरेकी छु । विषेशगरि तिमुरको अचार बनाएर दर्जनौं देशमा निर्यात गरिरहेका महिलाहरुका लागि हामि सहयोग गर्न तत्पर छौं । जति धेरै युवाहरुले आ–आफ्नो क्षेत्रमा काम गर्न सक्यो त्यति नै मुलुक आत्मनिर्भर हुँदै जानेछ ।’

नेपालमा दुई लाख हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै साहले त्यसको आधा भागमा चैते धान खेति गर्नेगरि मन्त्रालय लागिपरेको बताइन् । उनले भनिन्, ‘नेपाल बाँझो जमिन दुई लाख हेक्टर छ । यो खाली जमिनमध्ये मैले एक लाख हेक्टर जमिनमा चैते धान खेति गर्यौ भने धानमा पनि आत्मनिर्भर बन्न सक्छौं । यसका लागि मन्त्रालय योजना बनाइरहेको छ ।’

दुग्ध किसानको बाँकी बक्यौता तिर्न मन्त्रालयले ३० करोड ऋण लिएर प्रक्रृयामा गएको उल्लेख गर्दै उनले सरकार ऋणमा डुबेपनि किसानलाई पिर पर्न दिन नहुने जिकिर गरिन् । 

उनले भनिन्, ‘ऋण खोजेरै दुग्ध किसानको दुधको बक्यौक्ता भुक्तानीका लागि पहल गरेको छु । प्राविधिक प्रत्रियामा छ छिट्टै किसानका हातमा जानेछ । ऋण निकालेरै भएपनि किसानहरुलाई मर्का पर्न दिन्न । बरु सरकार ऋणमा डुबोस तर किसानलाई ऋण लाग्नु हुदैन । युवा र महिला अगाडि बढ्यो भने देश अत्याधिक सुन्दर र समृद्धितर्फ जानेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार