मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

मधेश सरकारद्वारा ऐतिहासिक बीमा कार्यक्रम सुरु, एक लाख घरधुरी र ६ हजार ६ सय नागरिक बीमित

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

जनकपुरधाम । सामाजिक सुरक्षा र नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित मधेश प्रदेश सरकारले ऐतिहासिक कदम चाल्दै घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम साउन १ गतेदेखि औपचारिक रूपमा लागू गरेको छ ।

पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिकहरू बीमाको दायरामा ल्याइएको छ। यस कार्यक्रम अन्तर्गत करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा व्यवस्था गरिएको छ, जुन प्रदेश सरकारको सामाजिक सुरक्षा नीतिमा ठूलो उपलब्धि हो ।

मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारद्वारा अगाडि सारिएको यो बीमा योजना आम नागरिक र सिमान्तकृत वर्गलाई प्राकृतिक विपद्, दुर्घटना तथा आकस्मिक मृत्युजस्ता घटनाबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो।

घरधुरी बीमा अन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी-हुरी अन्य आपतकालीन घटनामा हुने क्षतिको क्षतिपूर्ति दिइनेछ। नागरिक वीमा १० लाख सम्मको गरिएको छ भने घरधुरी वीमा ५ लाख रुपैया सम्मको गरिएको छ । नागरिक बीमा अन्तर्गत भने आकस्मिक मृत्यु, शारीरिक अपांगता, दुर्घटना जन्य घाइते  समेत समेटिएको छ।

बीमा दाबीका लागि साक्ष्यसहितको निवेदन, प्रहरी प्रतिवेदन वा अस्पतालको रिपोर्ट , स्थानीय पालिकाको सिफारिस र प्रदेशको नागरिक भएको प्रमाण आवश्यक पर्नेछ। यसरी पारदर्शी र सहज कार्यविधिमार्फत पीडितले राहत प्राप्त गर्न सक्ने सरकारको दाबी छ । यो सामाजिक न्याय र नागरिकको सुरक्षित भविष्य प्रदेश सरकारको प्राथमिकता हो। बीमा कार्यक्रम केवल सहानुभूति होइन, नागरिक प्रतिको राज्यको दायित्व र जिम्मेवारी पनि हो।

 मधेश प्रदेशले पहिलो पटक यस्तो व्यापक बीमा कार्यक्रम लागू गरेकोले यसबाट दिगो सामाजिक सुरक्षा प्रणाली निर्माणमा टेवा पुग्ने विश्वास सरकारको छ । नागरिक वीमा र घरधुरी वीमावाट सुविधा लिन प्रदेशका नागरिक संग सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार