मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

तमु ल्होसारले आपसी सद्भाव र एकतालाई मजबुत बनाउँछ : नगरप्रमुख खाँ

Ujyalosandeshonline 11566+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

भैरहवा ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख मेयर तथा संविधान सभा सदस्य इश्तियाक अहमद खाँले तमु ल्होसार पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको बताउनुभएको छ । तमु गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख खाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ वर्षको आगमनका रुपमा मनाइने यस पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण एवं संवर्द्धनमा लाग्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

शुभकामना सन्देशमा नगरप्रमुख खाँले भन्नुभएको छ, ‘यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई उर्जा प्रदान गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु ।’ उहाँले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा यस्ता पर्वहरूले विविधतामा एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने समेत उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार