मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

ओमसतियामा बजार अनुगमन

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले वडा नम्बर ३ र ४ मा रहेका पसलहरुमा अनुगमन गरेको छ । अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, लेखा अधिकृत कमल शर्मा, उद्योग व्यवसाय, संघ–संस्था तथा राजस्व शाखाकी प्रमुख अमृता पाण्डे, प्रशासन शाखा प्रमुख रुपा थापा राउत, कृषि शाखा केशव चौधरी ,स्वास्थ्य शाखा सस्मिता खत्री लगायतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश व्यवसाय पालिकामा दर्ता नभइ सञ्चालनमा रहेको र नविकरण नभएको पाइएको समितिले जनाएको छ । त्यस्ता व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई दर्ता र नविकरणका लागि निर्देशन दिइएको छ ।

गाउँपालिकामा सञ्चालित व्यवसायहरुले मापदण्ड पूरा गरे÷नगरेको, दर्ता भए÷नभएको, गुणस्तर, मूल्यसूची लगायतको विषयमा अनुगमन गरिएको जनाइएको छ । अनुगमन समिति संयोजक चौधरीका अनुसार यसलाई अब निरन्तर रुपमा अगाडि बढाइने छ । ‘वडा नम्बर ४ देखि अनुगमनको सुरुवात गरेका छौं, यसलाई क्रमशः अन्य वडामा लैजाने छौं’, उनले भनिन्, ‘गाउँपालिकामा दर्ता र नविकरण नभएका धेरै व्यवसाय भेटियो, दर्ता र नविकरण गर्ने निर्देशनसहित छाडेका छौं ।’

चौधरीले गाउँपालिका अन्तर्गतका सबै उद्योग, व्यवसायिक संस्था लगायत अन्य पसललाई पनि पालिकामा दर्ता हुन आग्रह गरिन् । गाउँपालिकाको आन्तरिक राजस्वतर्फ व्यवसाय दर्ताले विशेष महत्व राखेको उनको भनाइ छ । आगामी दिनमा दर्ता मात्र नभई पालिका अन्तर्गतका अन्य निकायमा पनि कडाइका साथ अनुगमन गरिने उनले बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले पालिकामा सबै व्यवसाय र उद्योग दर्ता गर्न अनिवार्य रहेको बताए । क्षेत्रीले पनि समयमै गाउँपालिकामा व्यवसाय दर्ता गरी सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार