मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

स्वरुप परिवर्तन गरी ध्वनि प्रदुषण गराउने २७ मोटरसाइकल पक्राउ

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

काठमाडौं । मोटरसाइकलको स्वरुप परिवर्तन गरी चर्को आवाज निकालेर ध्वनी प्रदुषण गराउने २७ वटा मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

नियमित चेकजाँचमा निरन्तर रुपमा कारबाही गर्दै आएकोमा गत शुक्रबार देखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अभियाननै संचालन गरेर स्वरुप परिवर्तन गरी चलाउने सवारी साधनका चालकलाई कारवाही गरेको हो ।

जथाभावी रुपमा साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिल लगायतका पुर्जाहरूलाई परिवर्तन गरी मोटरसाइकल चलाउँदा सवारी दुर्घटना हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचलाई तिब्रता दिएको हो । 

स्वरुप परिवर्तन गरी चलाइएका सवारी साधनबाट निस्कने चर्कोे आवाजले  वृद्धवृद्धा, बालबालिका र संवेदनशील क्षेत्र (स्कुल तथा अस्पताल) मा प्रत्यक्ष असर पर्ने तथा ध्वनि प्रदुषण समेत हुने हुँदा त्यस्ता सवारी साधनलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

कारबाहीमा परेका मोटरसाइकलमा फेरिएका पार्टपुर्जा निकाली मापदण्ड अनुरुप राख्न लगाइएको पनि प्रवक्ता भट्टले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी साधनको स्वरुप परिवर्तन गरी सवारी साधन चलाउदा १,००० देखी १५,००० सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार