लागु पदार्थ दुर्ब्यसनी विरुद्धको मिनी म्याराथुन दौडमा भए नरसिंह लोध प्रथम

जगीलाल थापा 30+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

कञ्चन । कञ्चन साथी सञ्जाल रुपन्देहीको आयोजनामा सञ्चालन गरिएको लागु पदार्थ दुर्ब्यसनी बिरुद्धको ५ दिने अभियान अन्तर्गत आज भएको मिनी म्याराथन प्रतियोगितामा प्रगती मा.वि.का नरसिंह लोधले १३ मिनेट ३४ सेकेण्डमा ३ कि.मी दुरी पार गरेका छन।

लागु औषध सेवनले जीवनलाई अन्धकार, परिवारमा अशान्ती ल्याउछ र नसामा होइन खेलकुदमा रमाऔं भन्ने सन्देश सहित कञ्चन गाउापालिकाको आर्थिक सयहेगा तथा सुनगाभा सामुदायिक बिकास केन्द्रको समन्वयमा सञ्चालन गरिएको मिनी म्याराथुन दौड प्रतियोगितामा नरसिंह लोध प्रथम भएका हुन।

यस्तै जनजयोति माध्यमिक विद्यालयका राजेश लोध द्वितीय भएका छन । उनले १४ मिनेट २५ सेकेण्डमा  दुरी पुरा गरेका हुन भने शुभ सृष्टि ग्रेजुएट फोरमा उमेश लोधले १४ मिनेट ३८ सेकेण्डमा दुरी पुरा गरी तृतीय भएका छन।

म्याराथुन दौड प्रतियोगितामा सहभागी तथा विजेता धावकहरुलाई सम्मान गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर एक समाज देखि अर्को समाजसंगको सम्बन्धलाई जोड्नका लागि खेलकुद उपर्युक्र माध्यम हुने बिचार व्यक्त गर्नुभयो। नसामा होइन, खेलकुदमा रमाऔं भन्ने नारा लिएर खेलकुदमा सहभागी हुदै गर्दा समाजमा सकारत्मक सन्देश फैल्याउने कुरा उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले समाजलाई लागु पदार्थ दुर्ब्यसनीको अन्त्य गर्न एउटा समाज, संस्था वा व्यक्तको एकल प्रयासले मात्र सम्भव नहुने त्यसका लागि सबै जुट्नु पर्ने बिचार व्यक्त गर्नु भयो।

कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीको अध्यक्षता, सचिव समिक्षा नेपालीको सञ्चालनमा भएको उक्त प्रतियोगिताका धावकहरुलाई रुपन्देहीको एकमात्र रमणीय ताल दानापुर तालमा सम्मान तथा पुरस्कृत गरिएको थियो।

प्रतियोगितामा राजकुमार थापा, जित बहादुर पुन र थमन थापाले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो भने कञ्चन १ को बेलभरिया चोक देखि लौसा बजार, सुशिलनगर, कुचेरा हुदै दानापुर तालसम्म दुरी कायम गरिएको उक्त प्रतियोगितामा १० जना धावकहरुले सहभागिता जनाएका थिए।

लागु औषध दुरब्यसनी बिरुद्धको ५ दिने अभियान अन्तर्गत प्रगती माध्यमिक विद्यालय र गाउापालिकामा जनप्रतिनीधि र सरोकारवालाहरु विच अन्तरकृया सहित सडक नाटक समेत प्रदर्शन हुने कञ्चन साथी सञ्जालका विष्णु सुनारले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार