मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

भटौली खोलामा कटानपछि मन्थली–पकरबास सडक अवरुद्ध, सवारी आवागमन रोकियो

Ujyalosandeshonline 12444+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक सडकखण्डमा पर्ने भटौली खोलाको पक्की पुलको किनारमा खोलाले कटान गरेपछि सवारी आवागमन रोकिएको छ । 

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पकरबास पट्टीको भागमा खोलाले कटान गरेपछि शनिबार बिहानबाट आवागमन रोकिएको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

खोलाको बहावले पुलको पकरबासपट्टिको भागमा हान्दा सडकको भाग खोक्रो बनेको छ । ‘हाललाई दुई पाङ्ग्रे सवारी चल्न दिए पनि ठुला सवारी साधन चल्न सक्ने अवस्था छैन’, वडाध्यक्ष पौडेलले भने ।

पुलको भाग खोलाले खोल्न लागेपछि मर्मतको काम सुरु भएको भए पनि शुक्रबार राति आएको बाढीले त्यो बगाइदिएको पौडेलले जानकारी दिए । तत्काल मर्मत नगर्ने हो भने पुल नै जोखिममा रहेको उनले बताए ।  

खोलाले पुल खोल्न लागेपछि यस अघि नै वडा कार्यालयले सम्बन्धित निकायमा पत्राचार गरेको थियो । तर समयमा नै काम सुरु नहुँदा थप क्षति भएको छ । ‘सुरुमा नै काम थाल्न पाएको भए यति क्षति हुने थिएन, जति ढिला ग¥यो त्यति धेरै क्षति हुने अवस्था छ’, उनले भने । 

भटौली खोलाको सो पक्की पुल रामेछापका तीनवटा गाउँपालिका जाने प्रमुख र  काठमाडौं जाने रामेछापको वैकल्पिक यातायात सञ्जालमा महत्त्वपूर्ण मानिन्छ । गत वर्ष खुर्कोटको पुल बगाउँदा रामेछाप र दोलखा जाने गाडीले समेत यही बाटो प्रयोग गरेका थिए । अहिले पनि खुर्कोटको पुलबाट तार्न नमिल्ने ठुला सवारी साधनहरू यही बाटो हुँदै काठमाडौं र तराइबाट आउजाउ गर्ने गर्दछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार