मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

जाडोमा परम्परागत गुइँठाको प्रयोग बढ्दै

Ujyalosandeshonline 11566+ समाचार ( )
९ पौष २०८०, सोमबार

रौतहट । रौतहटको दक्षिणी भेगमा खाना पकाउनका लागि चुलो बाल्न वैकल्पिक ऊर्जाका रूपमा परम्परागत गुइँठाको प्रयोग बढ्दै गएको छ । चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा न्यून आय भएका स्थानीय बासिन्दाहरु वैकल्पिक ऊर्जाका रूपमा गुइँठाको प्रयोग गर्दै आएका हुन् ।

गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन् । वनमा दाउराको अभाव रहेको र कतै पाइने गरे पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको गृहिणीले बताईन् ।

आगो ताप्नका लागि र घरमा चुलो बाल्न पनि गुइँठा प्रयोग गर्नुपर्ने अर्की स्थानीय रामकलिया देवीले बताईन् । गुइँठाको प्रयोग गरेर गाईबस्तुका लागि दाना पकाउने गरेको उनको भनाई छ ।

गुइँठाले दाउराको काम गर्नुपर्ने भएकाले अधिंकाशले गुइँठा प्रयोग गर्ने गरेको उनले बताए । गुइँठाको माग बढ्दै गएपछि ग्रामिण क्षेत्रमा रहेका अधिकांस महिलाहरू जाडो सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउनमा व्यस्त रहेका छन् ।

गोबर सुकाएर गुइँठा बनाएपछि दाउराका रूपमा प्रयोग गर्न सकिने र दाउराको अभावमा गाउँघरमा पाइने गुइँठाले चुलो बालेर आगो ताप्न, खाना पकाउन दाउरा धेरै लाग्ने गरेको र दाउराभन्दा कम खर्चिलो गोबर सुकाएर बनाएको गुइँठा हुने उनले बताए । घरमा परिवारका सदस्यको संख्या ठूलो भएका कारण एलपी ग्याँसको सट्टा गुइँठाको प्रयोग गर्दै आएको उनले जानकारी दिए । दाउराको अभावमा गोबरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ । उनले सुक्खायाममा गुइँठा बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्ने गरेका छन् ।

यस्तै,कुनै समयमा गोबर गुइँठाको प्रयोग घरैपिच्छे हुने गरेकोमा अहिले घर घरमा ग्याँसको प्रयोग हुन थाले पनि यसको उपयोगिता केहि घटेको समाजका अगुवाहरु बताँउछन् । पशुपालक कृषकले खेतमा मलका रूपमा गोबर छर्नुको साट्टो गुइँठा बनाएर बिव्रmी गर्नेतर्फ आकर्षण बढ्दै गएको बताइएको छ । तर प्राङ्गारिक मलका रूपमा प्रयोग हुने गोबरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्न थालेपछि गोबरको मल बनाउन भने समस्या भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार