मुख्य समाचार
चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही |

रुपन्देहीको शंकरनगर बनबाटिकामा सर्प महोत्सव

Ujyalosandeshonline 12455+ समाचार ( )
२ अशोज २०८१, बुधवार

भैरहवा। रुपन्देहीमा सर्प महोत्सव आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय सर्पदंश जनचेतना दिवसको अवसरमा ‘मानव र सर्पबीच सहअस्तित्व प्रवर्द्धन’नारा सहित लुम्बिनी प्रदेशमै पहिलोपटक तिलोत्तमाको शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्र परिसरमा महोत्सव आयोजना गरिएको हो। उक्त महोत्सव दुई दिनसम्म संचालन हुनेछ ।

सर्पसम्बन्धी अध्ययन-अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था अल्कोबाका अनुसार सन् २०२२ मा नेपालमा ४० हजार जनालाई सर्पले टोकेको थियो ।जसमध्ये तीन हजार जनाको मृत्यु भएको थियो ।तथ्यांक अनुसार नेपालमा सर्पदंशको दर र मृत्युदर वर्षेनी बढ्दो अवस्थामा छ। अन्य वन्यजन्तुको तुलनामा सर्पदंशबाट हुने मानवीय क्षति बढी भएपनि यसको रोकथामका लागि सम्बन्धित सरकारी निकायले पर्याप्त चासो नदिएको र लगानी पनि नगरेको सरोकारवालाले गुनासो गर्दै आएका छन् ।

यही परिवेशमा अन्तर्राष्ट्रिय सर्पदंश जनचेतना दिवसको अवसरमा तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिकाको सहयोगमा नेपाल सर्प महोत्सव आयोजना गरिएको हो । महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रवीण बिडारीले सर्प रहे मात्र प्रकृति रहने भन्दै सर्प संरक्षणमा सबैले हातेमालो गर्नु पर्ने बताए। उनले सर्पले जैविक विविधतामा अमूल्य भुकिका खेल्ने हुँदा सबैले सर्पलाई नजिकबाट चिन्ने र त्यसको महत्व बुझ्नुपर्ने बताए।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सर्पलाई हिन्दू धर्मले सधैं संरक्षण गर्ने हुँदा नाग पञ्चमी मनाउने गरिएको बताए। सर्पले सूर्यको प्रकाशबाट निस्किने विकरण सर्पको छालाले सोस्ने भएकोले क्यान्सर रोगबाट जोगाउने हुदाँ सर्पलाई जोगाउनु पर्ने उनले जनाए । समयमा उपचार नपाएका कारण पनि सर्पको टोकाइबाट मृत्यु हुनेको तथ्याङ्क बढ्दो रहेको सर्प विशेषज्ञ डा. छबिलाल थापाले बताए।

दुई दिन चल्ने महोत्सवमा सहभागी विद्यार्थी, स्थानियहरुलाई सर्प सम्बन्धि विज्ञ, नेचर गाईड, रेस्कुयरहरुले प्रत्यक्ष विषालु र अविषालु सर्पका प्रजातीबारे चिनाउने, सर्पको उद्दार, औजारहरुको प्रयोग गरेर देखाएका थिए। विभिन्न स्टलहरुमा सर्प सम्बन्धि चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी समेत गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै