विकासका लागि सबैभन्दा पहिले पूर्वाधार तयार हुनुपर्छः प्रधानमन्त्री ओली

Ujyalosandeshonline 11162+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएका चुनौती सबै कानूनी रुपमा समाधान गर्नुपर्ने बताएका छन् । आज (आइतबार) भौतिक मन्त्रालयको वार्षिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उनले विकास गर्नको लागि सबैभन्दा पहिले पूर्वाधार तयार हुनुपर्ने बताएका हुन् ।  

उनले भने, ‘हामीले विकास गर्नुछ भने पहिले पूर्वाधार तयार गर्नुपर्छ, कुनै काम गर्नु छ भने त्यस कामको पूर्वाधार तयार हुनैपर्छ,  पूर्वाधार नै तयार छैन भने काम अगाडि बढ्नै सक्दैन, आधार नै छैन,  पूर्वाधार भनेको हामीले विकास भन्दा अगाडि विकासका पूर्वाधार जस्तै क्याम्पस चलाउनुपर्छ भने सबैभन्दा पहिले पूर्वाधारका पक्षहरु भवन, शिक्षक तथा अन्य सबै पूर्वाधार तयार गर्नैपर्छ ।’

साथै  उनले आफ्नो उदेश्य के  हो त्यो  बुझेर  मात्र अगाडि बढ्नुपर्ने बताए । उनले उदेश्यलाई प्राप्त गर्ने नीतिहरु पहिल्याउन सकेमात्र योजनाका लक्ष्यसँग बाँडेर काम  गर्न  सकिने  बताए।

उनले  भने,  ‘पहिलो  हाम्रो उदेश्य के हो त्यो  बुझ्नुपर्छ, त्यसअन्र्तगत उदेश्यलाई  प्राप्त गर्ने नीतिहरुके हुन्? त्यही नीतिहरुको कार्यान्वयन व्यवहारमा कसरी कार्यान्वयन गर्छौं, कस्ता कार्यक्रम मार्फत ति कार्यक्रमहरुलाई कस्ता योजनाहरु मार्फत ति योजनाहरुलाई  कसरी  लक्ष्यसँग बाँडेर कामको  तार्गेटहरु यती  प्रतिशत, यती  समयमा,  यती  अवधिमा,  यो  ठाउँमा यो  काम कसरी  गर्ने  भनेर  ठिक ढंगले प्रस्तुंत हुनुपर्छ ।’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार