मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सवारीसाधन आवागमनमा रोक

Ujyalosandeshonline 12431+ समाचार ( )
३० असार २०८३, मङ्गलबार

बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई सडकमार्गमा बुधबार बिहान ५.०० बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गर्नुभएको सूचनामा हेटौँडा–भैँसे–काठमाडौँ र हेटौँडा हुँदै काठमाडौँ जाने कान्तिराजमार्गमा आज साँझ ६.३० बजेदेखि भोलि बिहान ५.०० बजेसम्मका लागि सवारीसाधन आवगामनमा रोक लगाएको उल्लेख गरिएको छ । यही असार २८ गते रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्दै गएको प्रशासनको सूचनामा भनिएको छ । 

मौसम पूर्वानुमानअनुसार थप वर्षा हुने सम्भावना रहेको भन्दै प्रशासनले बागझोर क्षेत्रमा जुनसुकै समयमा ग्रेगनसहितको पानीको भेल आउन सक्ने जोखिम रहेको उल्लेख गरेको छ । भीमफेदीस्थित बेलिब्रिज मर्मतको क्रममा रहेको तथा वैकल्पिक डाइभर्सन बाढीले बगाएको, हेटौँडा–भीमफेदी–सिस्नेरी हुँदै काठमाडौँ जाने सडकखण्डमा वर्षा हुनासाथ ढुङ्गा खस्ने तथा पहिरो जाने उच्च जोखिम कायम रहेकाले यात्रुको सुरक्षा तथा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यी सडक खण्डमा भोलि बिहानसम्मका लागि सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

हाल कायम रहेको विपद् जोखिमलाई दृष्टिगत गरी अत्यावश्यक अवस्थाबाहेक रात्रीकालीन समयमा कुनै पनि सडकमार्गमा यात्रा नगर्न सम्पूर्ण सवारी चालक तथा यात्रुहरूमा प्रशासनले अनुरोध गरेको छ । कुनै विपद्जन्य घटना घट्न गएमा वा आपतकालीन अवस्था सिर्जना भएमा तत्काल जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको निशुल्क सम्पर्क नं १२३४, सम्बन्धित स्थानीय तह, स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई यथाशीघ्र जानकारी गराउनसमेत प्रशासनले सबैमा आग्रह गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार