मुख्य समाचार
सिद्धार्थनगर–९ मा उद्घोषण कला तथा माइन्युट लेखन सम्बन्धी ७ दिने तालिम सुरु | जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता | रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य | सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया | झापामा रगतको माग उच्च | बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा | ओमसतियामा सार्वजनिक सुनुवाइ: 'चुस्त प्रशासन र भ्रष्टाचारमुक्त गाउँपालिका हाम्रो प्राथमिकता' | ओमसतियामा कानुनी प्रशिक्षण सम्पन्न: 'कानुनको अज्ञानता क्षम्य हुँदैन' | ‘सुकुम्वासी नागरिकको दीर्घकालीन समाधान खोज्नुपर्छ’ | कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन |
मुख्य समाचार
सिद्धार्थनगर–९ मा उद्घोषण कला तथा माइन्युट लेखन सम्बन्धी ७ दिने तालिम सुरु | जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता | रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य | सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया | झापामा रगतको माग उच्च | बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा | ओमसतियामा सार्वजनिक सुनुवाइ: 'चुस्त प्रशासन र भ्रष्टाचारमुक्त गाउँपालिका हाम्रो प्राथमिकता' | ओमसतियामा कानुनी प्रशिक्षण सम्पन्न: 'कानुनको अज्ञानता क्षम्य हुँदैन' | ‘सुकुम्वासी नागरिकको दीर्घकालीन समाधान खोज्नुपर्छ’ | कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन |


सरकारले गर्नुपर्ने काम नगरेको कारण बर्तमान व्यवस्था प्रती जनताको गुनासो: प्रकाश ज्वाला

अनिल नेपाली 141+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

अर्घाखाँची ।नेकपा एकीकृत समाजवादी उपाध्यक्ष तथा पुर्व मन्त्री प्रतिनिधि सभाका सांसद प्रकाश ज्वालाले सरकारले गर्नुपर्ने काम नगरेको कारण बर्तमान व्यवस्था प्रती जनताको गुनासो बढेको बताएका छन् ।

एकीकृत समाजबादी अर्घाखाँचीको ८ ओै जिल्ला अधिवेशनको उद्घाटन गदै नेता ज्वालाले यस्तो बताएका हुन् । नेता ज्वालाले देशको अर्थतन्त्र अत्यन्त संकटपूर्ण अवस्थामा रहेको बेला वर्तमान सरकारले महँगी, भ्रष्टाचार, घूसखोरी र ढिलासुस्तीलाई बढावा दिएको बताउदै सरकार अपारदर्शी ,अलोकतान्त्रिक तरिकाले अहिलेको सरकार बनेकोले देशमा भ्रष्टाचारका शृङ्खला बढेको भ्रष्टाचारको सुचीमा समेत गत सालमा भन्दा यश बर्ष सरकार अगाडि रहेकोले जनतामा अहिले निकै ठूलो आक्रोश छ । असन्तु्ष्टि  सडकमा जनता विभिन्न रुपले आन्दोलनमा आइरहेकै छन् । शिक्षकहरु आन्दोलनमा छन्, डाक्टरहरु आन्दोलनमा छन्, नर्सहरु आन्दोलनमा छन् । सरकारमा भएभन्दा बाहिरका पार्टीहरु प्रायः सबै सडकमै छन् ।

यो परिस्थितिमा हामीले एकातिर देशको राष्ट्रिय एकतालाई सुदृढ गर्नुछ । राजनीतिक परिवर्तन जे भएका छन्, तिनको रक्षा पनि गर्नुछ । अझ अगाडि बढेर यसको परिमार्जन, विकसित गरेर एकीकृत समाजबादीलाई जनताको पार्टी बनाउनका लागि कार्यकर्ता सगठित गरेर एकीकृत गनुपर्ने बताउदै जनता परिवर्तनको पक्षमा विकासको पक्षमा समृद्धिको पक्षमा लागेर व्यवस्था र परिवर्तन विरोधी तत्वलाई निरूत्साहीत गनुपर्ने बताएका छन् ।

एक फरक प्रसगमा नेता ज्वालाले बिद्रोहबाट जन्मिएको पार्टी एकीकृत समाजबादी पार्टी भएकोले यसले जनताको पक्षमा उल्लेखनीय काम गरेर जनतालाई अन्य पार्टी भन्दा फरकपना आफ्नो पार्टीले देखाउनुपर्ने आफ्नो पार्टीका बारेमा जनताले कुनै प्रश्न चिन्ह उठाउन नसक्ने गरि काम गनुपर्ने बताएका छन् । मनमोहन अधिकारी लगायतका नेताहरूको त्याग र प्रेरणालाई सबैले आत्मसात गरेर देशको विकासको पक्षमा पार्टीलाई गठित गरेर सपना पूरा गनुपर्ने बताएका छन् ।

कार्यक्रममा एकीकृत समाजबादीका केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेशका ईन्चार्ज माननीय सभासद भेटमणी चौधरी एमाले अध्यक्ष केपी ओली भ्रष्टाचारका धेरै कान्डमा जोडिएकाले केपि ओली माथि निष्पक्ष छानवीन गनुपर्ने बताउदै भुटानी शरणार्थी काण्ड गिरिबन्धु टि स्टेट लगायतका घटनाको निष्पक्ष छानवीन गनुपर्ने बताएका थिए।

कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्वर सारू ,केन्द्रीय सदस्य तथा सह ईन्चार्ज सुशील भट्टराई ,निर्वाचन आयोग सदस्य कृष्ण बहादुर रायमाझी ,प्रदेश कमिटी अध्यक्ष मोती श्रीपाली ,लेखा आयोग केन्द्रीय सदस्य पवित्रा बेल्बासे ,नेपाली काग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी ,माओवादी केन्द्र केन्द्रीय सदस्य तथा सह ईन्चार्ज छमकुमारी खनाल चिनारी ,रास्वपाका जिल्ला सभापति हरि भुसाल , राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसि , त्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला सयोजक राजेन्द्र नेपाली ,नेपाल कम्युनिस्ट पार्टीका ईन्चार्ज खेम सि ,समाजबादी प्रेस सगठका केन्द्रीय उपाध्यक्ष हृदय भुसाल ,पत्रकार महासघका सचिव लक्ष्मण घिमिरे लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष राम ब चौहानको अध्यक्षता सचिव युवराज पौडेलको सञ्चालन उपसचिव नारायण शर्माको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कम्युनिस्ट आन्दोलनमा उच्च योगदान पुर्‍याएका सम्मान गरिएको थियो । भने विभिन्न पार्टी परित्याग गरि समाजबादीमा प्रवेश दर्जनौं लाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै