मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

Ujyalosandeshonline 12448+ समाचार ( )
२८ चैत्र २०८२, शनिबार

काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको स्तनपान एवं शिशु हेरचाहकक्ष सञ्चालन आवश्यकताअनुसार स्तरोन्नति, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाहकक्ष सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

विमानस्थलको सरसफाइ अन्तरराष्ट्रिय मापदण्डअनुरुप बनाउन, दैनिक सरसफाइ ‘लगबुक’ प्रणाली कायम गर्न, विश्व स्वास्थ्य सङ्गठन र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ । शौचालयमा महिला यात्रीका लागि निःशुल्क ‘स्यानिटरी प्याड’ व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

मन्त्रालयले दिएका निर्देशन कार्यान्वयन गरी मन्त्रालयमा सूचना प्रवाह गर्न निर्देशन दिइएको छ । आम नागरिक तथा यात्रीलाई पनि सरकारका तीन निर्देशन कार्यान्वयन भएनभएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारीलाई दिन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जारी गर्नुभएको निर्देशनमा जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार