मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

महिन्द्र राय यादवसहित तीन पदाधिकारी पदमुक्त

Ujyalosandeshonline 12431+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) को छैठौं पूर्ण बैठकले अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवसहितलाई पदमुक्त गरेको छ ।  

पार्टी विधि, पद्धति र अनुशासन विपरीत नेकपा माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले उनीहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मत रूपमा अमान्य घोषित गर्दै पार्टी हित विपरीतका गतिविधिमा संलग्न भएकोमा पदमुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले यसभन्दा अघि गठित पार्टी एकता÷ध्रुवीकरण संयोजन समिति भंग गरेको छ गर्दै  पार्टीको विधान २०७९ को धारा ६१ बमोजिम प्रस्तुत नेपाल समाजवादी पार्टी नियमावली २०८० लाई छलफल गरी पारित गरेको छ । त्यसैगरी प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा पार्टीको महाधिवेशन २०८१ माघमा गर्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण, प्रदेश र स्थानीय समितिहरू अधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको नेसपाले जनाएको छ । 

बैठकले राष्ट्रिय महाधिवेशन आयोजक समितिको संयोजकमा डा.बाबुराम भट्टराई सर्वसम्मत चयन गरेको छ । केन्द्रीय कार्यकारिणी समिति सचिवालयमा रूपान्तरण भएको छ भने  २०८१ वैशाखदेखि भदौसम्म पार्टी निर्माण र संगठन विस्तार अभियान सञ्चालन गरिने नेसपाको भनाइ छ ।

०८१ असोज महिनामा पार्टीको विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी  प्रदेश अधिवेशन आयोजक समिति संयोजकहरू बैठकबाट सर्वसम्मत चयन भएका छन् ।

प्रवक्ता कृष्ण प्रसाद शर्माका अनुसार २०८१ कार्तिकदेखि पुससम्म स्थानीय तह र प्रदेशहरूको अधिवेसन सम्पन्न हुनेछन्। बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली, भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली जनलोकपालको गठन लगायत सुशासन, सामाजिक न्याय र समृद्धि सहित जनजीविकाका सवालहरू लक्षित अभियानहरू सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, विभिन्न समसामयिक तथा राजनीतिक प्रस्तावहरू पारित गर्दैे बैठक सम्पन्न भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार