मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

कञ्चन गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाई सम्पन्न: सुशासन र पारदर्शितामा जोड

जगीलाल थापा 30+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सम्पादित कार्य र सेवा प्रवाहबारे जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। वडा नं. २ को कार्यालय परिसरमा आयोजित कार्यक्रममा गाउँपालिकाले विकास निर्माण, सेवा सुविधा र सार्वजनिक कार्यक्रमहरूको प्रगति विवरण नागरिक समक्ष प्रस्तुत गरेको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ढकालले सुशासन र पारदर्शिता कायम राख्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउँदै नागरिकका सुझावलाई आगामी योजनामा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै, उपाध्यक्ष मौसमी थापा मगरले प्राप्त सुझावहरूले सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोखरेलले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार लगायतका क्षेत्रमा भएका चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विभिन्न शाखाका प्रमुखहरूले सरोकारवालाहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुभएको थियो।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि, व्यवसायी तथा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक मर्मत, सहकारी नियमन र सामाजिक सुरक्षा जस्ता विषयमा प्रश्न तथा सुझाव राखेका थिए। सहभागीहरूले पालिकाको 'पशु सुत्केरी स्याहार कार्यक्रम' निकै प्रभावकारी रहेको भन्दै प्रशंसा गरे पनि कतिपयले स्थानीय सरकारले जनभावना अनुरुप पूर्ण काम गर्न नसकेको गुनासो समेत गरेका थिए। सामुदायिक रेडियो कञ्चनको समन्वयमा भएको उक्त कार्यक्रमको सहजीकरण गोविन्द आचार्यले र सञ्चालन प्रशासन शाखा प्रमुख गिरीराज अर्यालले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार