मुख्य समाचार
छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन | भीमफेदी दुर्घटनामा नागरिक गुमाएको शोकमा चक्रघट्टा गाउँपालिका बन्द, किरिया खर्चबापत रु ५० हजार दिइने |

रुपन्देहीको रोहिणीबाट हराएका ५ वर्षीय बालक भैरहवामा सकुशल फेला

Ujyalosandeshonline 12671+ समाचार ( )
७ मंगशिर २०८२, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाबाट हराएका ५ वर्षीय बालक दिव्यंश गिरी सिद्धार्थनगर नगरपालिकाको भैरहवामा फेला परेका छन् ।

रोहिणी गाउँपालिका वडा नं २ खोखरहनी निवासी बिन्दु गिरीका नाति तथा शैलेश गिरीका छोरा ५ वर्षीय दिव्यंश बेलुका ४ बजेतिर घर नजिकैबाट हराएका थिए । बालक एक्कासी बेपत्ता भएपछि परिवारजनले खोजीका लागि सर्वसाधारणमा अपिल गर्दै नजिकको प्रहरी कार्यालयमा खबर गरेका थिए ।

बालक हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गम्भीरतापूर्वक खोजतलास सुरु गरेको थियो । बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय धकधई र जिल्ला प्रहरी कार्यालयबाट विशेष प्रहरी टोली परिचालन गरिएको थियो ।

खोजतलासकै क्रममा बालकलाई सिद्धार्थनगर नगरपालिका स्थित भैरहवा एयरपोर्ट (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) अगाडिबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन् ।

रोहिणीको खोखरहनीबाट हराएका अबोध बालक कसरी भैरहवा एयरपोर्टसम्म पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालक सकुशल भेटिएपछि परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार