मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

यूइएफए यूरोकप : घरेलु टोली जर्मनीको स्कटल्यान्डविरुद्ध सहज जित

Ujyalosandeshonline 11564+ समाचार ( )
२ असार २०८१, शनिबार

काठमाडौं । १७औं संस्करणको यूइएफए यूरोकप २०२४ अन्तर्गत उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनीले स्कटल्यान्डिवरुद्ध सहज जित हासिल गरेको छ । जर्मनीको म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले स्कटल्यान्डविरुद्ध ५–१ को सहज जित हासिल गर्दै विजयी शुरुआत गरेको हो ।

जर्मनीका लागि फ्लोरियन विर्ट्जले खेलको दशै मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । १९औं मिनेटमा जमल मुसियालाको गोलमा जर्मनीले अग्रता दोब्बर बनायो।

पहिलो हाफको अतिरिक्त समयमा प्राप्त पेनाल्टीलाई काई हावर्ट्ज गोलमा परिणत गर्दै जर्मनीलाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाए ।

त्यसअघि खेलको २५औँ मिनेटमा जमललाई स्कटल्यान्डका खेलाडीले फल गरेका थिए । म्याच रेफ्रीले उक्त फललाई पेनाल्टीको अवसर दिएका थिए तर, भिडियो सहायक रेफ्ररी (भिएआर)को सायतामार्फ उक्त पेनाल्टीले मान्यता पाएन ।

४४औँ मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटिएको छ । उसका रायन पोर्टियसले रातो कार्ड ब्यहोरेका थिए । पहिलो हाफम ३–० को अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

६८औं मिनेटमा निक्लास फुइलक्रगले गोल गरेपछि खेलमा जर्मनी ४–० ले अघि बढ्यो। ८७औं मिनेटमा स्कटल्यान्डले उपहार गोल पायो ।जर्मनी एन्टोनियो रुडिगरले आफ्नै पोस्टमा गोल गरे। स्कटल्यान्डका लागि रुडिगरले गरेको उक्त गोल सान्त्वना बन्यो । 

अतिरिक्त समयको तेस्रो मिनेटमा एमरे क्यानको गोलमा जर्मनी ५–१ ले विजयी भयो । त्यसपछि बाँकी समय थप गोल नहुँदा जर्मनी ५–१ ले विजयी भयो ।

जितसँगै समूह ’ए’ मा रहेको आयोजक जर्मनी तीन अंक जोड्दै प्रतियोगिता सुखद शुरुआत गरेको छ । यता, स्कटल्यान्डले भने पराजयबाट प्रतियोगिताको शुरुआत गरेको छ । जर्मनी अब आफ्नो दोस्रो खेलमा जुन १९ मा हंगेरीविरुद्ध खेल्नेछ भने स्कटल्यान्डले २० जुनमा स्विट्जरल्यान्डको सामना गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार