मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

जेठको दोस्रो हप्तासम्म राजावादी अभियानको टुंगो लाग्छ : डा.गुरुङ

Ujyalosandeshonline 11540+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

काठमाडौं । नेपाल ऋषि प्राज्ञ डा.जगमान गुरुङले राजावादीहरुको अभियानको अन्तिम टुंगो जेठको दोस्रो हप्तासम्म लाग्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राष्ट्र निर्माणको लागि युवा प्रतिबद्धता नामक कार्यक्रममा बोल्दै उनले राजा र जनताको बीचमा अरु कुनै निकाय र दल नहुने कुरा बुझ्न जरुरी रहेको बताए । उनले भने, ‘राजा र जनताको बीचमा अरु कुनै निकाय छैन्, त्यहाँ कुनै दल नै छैन् । त्यो कुरा हामीले बुझ्नुपर्छ । अब जेठको दोस्रो हप्तासम्म धैर्य गर्नुहोस् । हाम्रो आन्दोलन सफल हुन्छ । हाम्रो अभियानको अन्तिम टुंगो जेठको दोस्रो हप्तामा हुने छ ।’

यस्तै, उनले देशमा नेतृत्वकर्ताहरु अहंकार पालेर बस्ने, युवाहरुको कुरा सुन्न नचाहने बुढाहरु रहेको भन्दै अब देश धान्ने दायित्व युवाहरुको भएको बताए । उनले भने, ‘अब यो देश धान्ने दायित्व युवाहरुको हो । तर हामी बुढाहरु कस्ता छौं त ? अहंकार पालेर बस्ने, बोलायो मञ्च चाहिने, मन्तव्य चाहिने फ्लोरमा बसेर युवाहरुको कुरा सुन्न नचाहने त्यस्ता बुढाहरु छन् । त्यसकारणले युवाहरु अगाडि  जाग्नुपर्छ ।’ 

त्यस्तै, उनले राजाले पनि सार्वभौम सत्तालाई मनेर शासन गर्नुपर्ने भन्दै सार्वभौम सत्ताको सदुपयोग गर्ने दायित्व पनि राजाको नै रहेको बताए ।‘राजाले पनि सार्वभौम सत्तालाई मनेर शासन गर्नुपर्छ र सार्वभौम सत्ताको सदुपयोग गर्ने दायित्व राजाको हो भन्ने परम्परामा हामी हुर्केका छौं । त्यसैले राजाले जनतालाई मान्ने,जनताले राजालाई मान्ने हो । त्यसैले यसको बीचमा अरु केही छैन् ।’ उनले भने

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार