मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

भुकम्प पीडितको सहयोगार्थ भैरहवाका मेयरले ६ महिनाको सुविधा दिने

Ujyalosandeshonline 11540+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुखले इश्तियाक अहमद खाँले भुकम्प पीडितहरुको सहयोगार्थका लागि आफुले पाउने ६ महिनाको सुविधा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

भुकम्पले जाजरकोट र रुकुम पश्चिमी पुराएको क्षति प्रति दुःख व्यक्त गर्दै भुकम्प पीडितहरुको पुनस्र्थापन, गाँस, बास र कपास लगायतको व्यवस्थापनका लागि आफुले पाउने ६ महिनाको सुविधा बराबर दुई लाख चौतिस हजार रुपैयाँ समान रुपमा दुवै जिल्लाको पीडितहरुको सहयोगार्थ प्रदान गर्ने नगर प्रमुख खाँले बताए ।

‘भुकम्पले मानवीय र भौतिक रुपमा धेरै क्षति पुराएको छ, मानवीयताले पनि हामी सबै नेपालीले दुःखमा परेका नेपालीलाई सहयोग गर्ने भावना हुनुपर्छ’ उनले भने, ‘सोही भावना अनुसार थोरै सहयोगले भएपनि पीडितहरुमा ‘घाउमा मलहम’ लगाउन पुगोस भन्ने उद्देश्यले सुविधा बराबरको रकम प्रदान गर्ने निणर्य गरेको हु ।’

घोषणा गरिएको सुविधा बराबरको उक्त रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपलब्ध गराइने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार