मुख्य समाचार
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने | एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने | रुपन्देहीमा एकै महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता, ८० जना फरार प्रतिवादी पक्राउ | जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन् | बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार | यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित | राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने | बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा | दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता |

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

रासस 715+ समाचार ( )
६ कार्तिक २०८३, बिहीबार

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भइसकेको छ । आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुङ्गे पुलहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो । ठेक्का सम्झौताको रकम करबाहेक रु १६ करोड ९७ हजार ३८ रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । 

भण्डारीका अनुसार जलाशयबाट प्रभावित हुने पुलमध्ये स्थानीयवासीसँगको परामर्शमा उपयुक्त स्थान छनोट गरी चारवटा पुल पुनर्निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेको उहाँले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा झोलुङ्गे पुल निर्माण गरिनेछ । जलाशयका कारण पुराना पुल प्रभावित हुने भएपछि स्थानीयवासीको आवतजावत सहज बनाउन उपयुक्त स्थानमा पुल पुनःस्थापना गर्न लागिएको भण्डारीले बताउनुभयो । 

जलाशय निर्माणका कारण प्रभावित हुने बस्तीका बासिन्दालाई आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले पुल पुनर्निर्माणलाई प्राथमिकता दिइएको हो । स्थानीयबासीसँगको परामर्शका आधारमा पुल रहने स्थान तय गरिएकाले यसबाट स्थानीय बासिन्दाको दैनिक आवागमन तथा विभिन्न सेवा सुविधामा पहुँच सहज हुने अपेक्षा गरिएको भण्डारीको भनाइ छ ।सम्झौताअनुसार चारवटै झोलुङ्गे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार