मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

रूपन्देही सुपरलिगः वेष्टर्न ४४ रनले विजयी

Ujyalosandeshonline 12444+ समाचार ( )
१० माघ २०८१, बिहीबार

भैरहवा । देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा वेष्टर्न क्रिकेट क्लबले मेलवर्न क्रिकेट क्लब (एमसीसी) माथि जित निकालेको छ । वेष्टर्नले एमसीसीलाई ४४ रनले पराजित गरी जित हात पारेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय ६५ रन बनायो । उसका लागि देव खनालले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, सन्देश थापाले ३६, अभय ढकालले १७ तथा रन्जित खड्का र दीपेश रोकाले समान १० रन जोडे । बलिङमा एमसीसीका विपिन आचार्यले ४, रमेश कुर्मीले ३ र विजय प्रजापतीले २ विकेट हात पारे ।

प्रतिउत्तरमा एमसीसीले ३४ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय २१ रन मात्रै बनायो । उसका लागि विजय प्रजापतीले ३४, सन्दीप रजालीले २६ र इकलाख अहम्मद वारिसले २१ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा वेष्टर्नका देव खनाल, सन्देश थापा र इशान पाण्डेले २–२ तथा अभिषेश गौतम, सुझाव थापा र सागर गैह्रेले १–१ विकेट लिए । खेलमा देव खनाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार