मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

Ujyalosandeshonline 11540+ समाचार ( )
६ फाल्गुन २०८२, बुधवार

काठमाडौँ । गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । निर्वाचन तयारीको सिलसिलामा आज काठमाडौँको निर्वाचन क्षेत्र नं–३, गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजल क्षेत्रका विभिन्न मतदान केन्द्र तथा निर्वाचन अधिकृतको कार्यालयको स्थलगत निरीक्षण गर्दै उहाँले सुरक्षा व्यवस्था र आवश्यक तयारीबारे जानकारी लिनुभएको थियो ।

निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा आउन सक्ने गलत र मिथ्या सूचना तथा दुष्प्रचारबाट सचेत रहँदै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभयो । गृह सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसहितको टोलीले गोकर्णेश्वर र ओख्रेनी माविमा रहेका मतदान केन्द्र एवं धापड््याम क्षेत्रको अवलोकन गरेको थियो । सो अवसरमा निर्वाचन अधिकृतहरूले जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा र निर्वाचन सामग्री ढुवानीलगायतका तयारी चुस्त रूपमा अघि बढिरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार