मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

नर्स हत्या प्रकरणः सम्पर्कविहीन रहेका ‘प्रेमी’ खोज्दै प्रहरी

Ujyalosandeshonline 11564+ समाचार ( )
३ चैत्र २०८०, शनिबार

विराटनगर । आफू भाडामा बसेको घरकै शौचालयमा मृत अवस्थामा फेला परेकी एकजना नर्सको हत्या घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास हिजो विराटनगर महानगरपालिका–४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन् ।

घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनको हत्या भएको जनाएको छ ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल अस्पतालमा काम गर्दै विराटनगरमा बस्दै आएकी थिइन् ।

उनको हत्यामा कसको संलग्नता रहेको छ भन्ने यकिन भइसकेको छैन । 

अनुसन्धानका क्रममा ती नर्सका प्रेमीको संलग्ता रहेको हुन सक्ने आशंका गरिएको छ ।

घटनापछि उनका प्रेमी भनिएका सिरहाका अमिन नामका युवक सम्पर्कविहीन छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । उनका साथीहरुले ती युवक दासका प्रेमी भएको जानकारी गराएका थिए ।

विभिन्न प्रसंगहरुका कारण घटनामा युवतीका प्रेमी संलग्न भएको हुन सक्ने प्रहरीले अनुमान गरेको हो ।

प्रेमी भनिएका अमिनको मोबाइल नम्बरबाट ती नर्सका साथीलाई म्यासेज गरिएको पाइएको छ । 

म्यासेजमा आफूले हत्या गरेको उल्लेख गर्दै विभत्स अवस्थाको नर्सको शवको फोटो पनि पठाइएको प्रहरीको भनाइ छ ।

दास बसेकै घरमा रहेका उनका साथीहरु पनि नर्स हुन् । ह्वाट्एपको माध्यमबाट आफूलाई त्यस्तो म्यासेज आएपछि उनीहरुले घरधनीलाई जानकारी गराएका थिए ।

त्यसपछि घटनाबारे प्रहरीमा सूचना पुगेको थियो । प्रहरी टोली पुगेर घटनास्थलको अवस्था अध्ययन गरेको थियो । त्यस क्रममा घरका मानिसहरु र उनका साथीहरुसँग सोधपुछ समेत गरिएको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ । घटनामा कसको संलग्नता छ भनेर अहिले नै भन्न सक्ने अवस्था नरहे पनि उनले अनुसन्धानपछि वास्तविकता सार्वजनिक गरिने उल्लेख गरे ।

पोस्टमार्टम रिपोर्ट र घटनाबारे भइरहेको अनुसन्धान अघि बढ्दै जाँदा सत्यतथ्य खुल्ने उनले बताए । घटनामा संलग्न व्यक्ति चाँडै पत्ता लगाइने दाबी पनि उनले गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार