मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मुख्यमन्त्री आचार्यद्वारा खजुरा क्यान्सर अस्पतालको अवलोकन

Ujyalosandeshonline 12437+ समाचार ( )
७ कार्तिक २०८१, बुधवार

बाँके  । बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवलोकन गर्नु भएको छ । धार्मिक कार्यबाट नागरिकले मुट्ठी दानगरेर निर्माण गरि सरकारलाई हस्तान्तरण गरिएको लुम्बिनी प्रदेशको एकमात्र क्यान्सर अस्पतालको बुधवार मुख्यमन्त्री आचार्यले अवलोकन गर्नु भएको हाे ।

अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले बिरामीहरुसँग अस्पतालले दिएको सेवा बारे जिज्ञासा राख्नु भएको थियाे । सो अवसरमा अस्पताल प्रशासनलाई उहाँले संघीय सरकार मातहतको अस्पताल भएपनि प्रदेशले नियमले दिने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।

प्रदेशले गर्न सक्ने योजनाहरु लिएर प्रदेश राजधानी आउन आग्रह गर्दै उहाँले दरबन्दी र कितावखानामा दर्ता गर्ने विषयमा आफुले संघीय सरकारमा पहल गर्ने बताउनु भयाे । बिना दरबन्दी अस्पताल संचालन भएको प्रति आश्चर्य प्रकट गर्दै आफ्नो तर्फबाट गर्न मिल्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयाे ।

त्यस अघि अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाशप्रसाद साहले बिगत ९ वर्ष देखि दरबन्दी बिना काज र दैनिक ज्यालादारी कर्मचारी र चिकित्सकहरुबाट अस्पताल संचालन भइरहेको, अस्पतालको जनशक्तिलाई निजामती कितावखानामा दर्ता नगरिँदा स्वास्थ्यकर्मीहरु टिकाउन असहज बनेको, चिकित्सक तथा नर्सहरुको आवास नहुँदा सेवा प्रभावित बनेको जस्ता समस्याहरु प्रस्तुत गर्नु भएको थियाे ।

डा. साहले प्रबिधि, स्रोत, साधन हुँदाहुँदै पनि जनशक्तिको ब्यवस्थापन नहुँदा संचालनमा असहज बनेको जानकारी गराउनु भयाे । अवलोकनमा प्रदेशसभाका सदस्य रत्न खत्री, लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थ, बर्दिया र बाँकेका सांसदहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार