मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

देउवाको प्रश्न : मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन नसकेको ?

Ujyalosandeshonline 12441+ समाचार ( )
१० वैशाख २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता नलगाएको भनेर प्रश्न गरेका छन् ।

सोमबार नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले मदन भण्डारीको हत्याको विषयलाई लिएर कांगे्रसलाई गाली गलौज गरेकोमा आक्रोश व्यक्त गरे । उनले भण्डारीका ड्राइभर समेत मारिएको तर पनि हत्यारा को हो पत्ता लगाउन नसक्ने अनि कांग्रेसलाई गाली गर्ने भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने,‘मदन भण्डारीसँग मुलुकमा राम्रै कुरा गर्ने मन थियो । त्यो हामीले बुझेका छौं । तर कांग्रेसलाई गाली गर्नुसम्म गर्नुभयो अनि हामीले पनि जवाफ दिनपरिहाल्यो नि । मलाई गाली गर्नेहरुले मदन भण्डारी कसरी मरे, किन भन्न सक्दैन् ? हत्यारा को हो आफू खोज्न नसक्ने अनि कांग्रेलाई गाली गर्ने ? हत्यारा अहिलेसम्म किन पत्ता लगाउन नसकेको ?’

सभापति देउवाले अगाडि भने,‘हुँदा हुँदा भण्डारीको ड्राइभर पनि मारियो । मदन भण्डारी राम्रो नेता हुनुहुन्थ्यो, यसमा दुइमत नै छैन् । तर मार्ने को हो ? अहिलेसम्म पत्ता किन लागेन ? एमालेबाट विद्या भण्डारी दुई पटक राष्ट्रपति बनिसक्नुभयो, एमालेबाट प्रधानमन्त्री धेरै हुनुभयो, खोई अहिलेसम्म मदनको हत्यारा पत्ता लागेको ? कांग्रेसको विरोध गर्नु सजिलो होला गर्नुहोस् । केही छैन् । तर मलाई गाली गरेर केहि हुनेवाला छैन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार