मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

मुगुमा दोस्रो पटक हिमपात, किसानहरु खुशी

Ujyalosandeshonline 12442+ समाचार ( )
१३ पौष २०८१, शनिबार

मुगु । हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ । दोस्रो पटक हिउँ पर्दा स्थानीय कृषक हिउँदे अन्नबाली उत्पादनमा राम्रो हुने भन्दै खुसी भएका छन् । रारासँगै आसपासका बस्तीहरुमा पनि हिमपात भएको छ । मुर्मा, कोटील्ला, सोबा लगायत बस्तीमा पनि हिमपात भएको छ । 

मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु, डोल्फू, चितै, कार्ति किम्रीमा,सोरु, खत्याडका हिमाली बस्तीमा पनि हिमपात भएको छ । मुगुमा यो वर्ष दुई पटक हिमपात भएको स्थानीय बिर्ख रोकायाले बताए  । 

वर्षा र हिमपात नहुँदा चिन्तित देखिएका किसानहरु हिमपात हुन थालेपछि खुसी देखिएका छन् । हिमपातले अन्नबाली, फलफूल जडिबुटीहरु राम्रो हुने किसानहरुको आशा गरेका छ ।

हिमपातले पर्यटकीय स्थल रारा ताल आसपास हिमपात भएपछि कपास जस्तै सेताम्मे देखिएको छ । शुक्रबारदेखि मौसममा बदली भएर गएरातिबाट रारामा हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाकारी दिएको छ । हिमपात भएपछि मुगुका हिमाल सेताम्य देखिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार