मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

धनुषाधाम संरक्षित वन धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण : मन्त्री यादव

Ujyalosandeshonline 12441+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

जनकपुर । मधेश प्रदेशका वन तथा वातावरणमन्त्री संजय यादवले धनुषाधाम संरक्षित वनको अवलोकन गरेका छन् । धनुषाधामको वन क्षेत्र अवलोकन गर्दै मन्त्री यादवले धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण रहेको भन्दै संरक्षित वनको संरक्षण र विकासका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाए । 

‘यहाँ पर्यटन प्रवद्र्धनका धेरै सम्भावना छन् । हामी यसको लागि सक्दो सहयोग गर्छौं, ’मन्त्री यादवले भने ।वन तथा वातावरण मन्त्रालयका अनुसार धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको धनुषाधाम संरक्षित वन क्षेत्रको दिगो संरक्षण र पूर्वाधार विकासमा आगामी दिनमा विशेष ध्यान दिइनेछ ।

अवलोकनका क्रममा मन्त्रीसहितको टोलीले संरक्षित वन क्षेत्र, निर्माणाधीन रामायण बाटिका, श्मशान घाट लगायतका स्थानहरूको निरीक्षण गरेको थियो । साथै समशान घाटको प्रवेशद्वार नजिक वर र पिपलका बिरुवा रोपेर हरियाली प्रवद्र्धनको सन्देश पनि दिएका थिए ।

मन्त्री यादवसँगै प्रदेश वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल, धनुषाका डिभिजनल वन अधिकृत विनोद सिंह, धनुषाधाम वन संरक्षण परिषदका पदाधिकारी, धनुषाधाम सब–डिभिजन वन कार्यालयका प्रमुख शंकरनारायण झा, अन्य वन अधिकृत, कर्मचारी तथा स्थानीय वनकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार