मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रुपन्देहीको कोटहीमाईमा लैंगिक हिंसा विरुद्ध सचेतना र्‍याली तथा अन्तरक्रिया सम्पन्न

जैसमोहम्मद खान 76+ समाचार ( )
१७ मंगशिर २०८२, बुधवार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तर्गत सचेतना र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोटहीमाई गाउँपालिकाको आयोजना तथा नमुना एकीकृत विकास परिषद्, सेतो गुराँस बाल विकास केन्द्र र ईन्द्रेणी लगायतका विभिन्न संघ–संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

समाजमा हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, संघ–संस्थाका प्रतिनिधि र स्थानीय गरी १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले लैंगिक हिंसा न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

गाउँपालिकाकी उपाध्यक्ष सुशिला कुमारी यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रमुख प्रशासकीय अधिकृत अजय मिश्र र नमुना एकीकृतका प्रमुख ज्ञानु पौडेलको उपस्थिति रहेको थियो ।

त्यस्तै, अतिथिहरुमा ईलाका प्रहरी कार्यालय मझगावाका प्रमुख तपेन्द्र विष्ट र सशस्त्र प्रहरी बल (APF BOP) का विकास उप्रेती सहभागी थिए । सचेतना र्‍याली पश्चात आयोजित अन्तरक्रिया कार्यक्रमको सञ्चालन गाउँपालिकाको सामाजिक विकास शाखाका अजय सिंहले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार