मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सामसुङ इलेक्ट्रोनिक्सका हजारौं कामदार हड्तालमा

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

काठमाडौं । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको वार्तामा रोक लगाएको आक्रोशित हुँदै त्यसको विरुध्द हडतालमा उत्रने चेतावनी दिएका छन् । 

तलव सुविधा सम्बन्धी लामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमित वार्ता गर्दै आएका छन् । वार्तामा सहमति हुननसक्दा उनीहरूबीचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल भएका छन् ।

कामदारहरुले वार्ता असफल भएको विरोधमा पहिलो पटक वाकआउट चिन्ह लगाउने भएका छन् । आजबाट उनीहरु सार्वजनिक प्रदर्शनीमा उत्रने तयारीमा छन् । ‘व्यवस्थापनले मजदुरलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण हडताल घोषणा गर्छौं,’ मजदुर युनियनले भनेको छ । विश्वका ७४ देशमा व्यापार विस्तार गरेको सामसुङमा २ लाख ७० हजार कामदारले रोजगारी पाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार