मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

Ujyalosandeshonline 12437+ समाचार ( )
२८ श्रावण २०८३, बिहीबार

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४ हजार ५०० थान सिलिन्डर वितरण गरिएको छ । यही साउन १ देखि २७ गतेसम्म सुर्खेतका विभिन्न ग्यास डिलर तथा कम्पनीबाट १४ दशमलव दुई केजीका ग्यास सिलिन्डर बिक्री तथा वितरण गरिएको हो । नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख दीपक घिमिरेका अनुसार भेरी ग्यासका मात्र २७ हजार ६२६ सिलिन्डर वितरण भएका छन् ।

त्यस्तै, नेपाल ग्यास कर्णालीका पाँच हजार ७८, सैपालका चार हजार ४६५, राप्तीका दुई हजार ८००, रेडियन्सका दुई हजार ७३० र मनकामना ग्यास कम्पनीका एक हजार ८०२ सिलिन्डर बिक्री तथा वितरण भएको उहाँले जानकारी दिनुभयो । प्रमुख घिमिरेका अनुसार साउन मसान्तसम्म सुर्खेतमा थप पाँच हजार ग्यास सिलिन्डर आवश्यक पर्ने देखिएको छ । “यो महिनामा करिब ५० हजार ग्यास सिलिन्डर वितरण हुने देखिएको छ ।

यो अहिलेसम्मकै उच्च खपत हो,” उहाँले भन्नुभयो । यसैबीच, जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घरोगी तथा समस्यामा परेका व्यक्तिका लागि प्रत्येक डिलरबाट १० प्रतिशत ग्यास सिलिन्डर छुट्याएर उपलब्ध गराउने व्यवस्था गरेको निगम कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार