मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

खानेपानी संकट समाधानका लागि संघीय र प्रदेश सरकार संयुक्त रुपमा अगाडि बढ्ने

Ujyalosandeshonline 12431+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय खानेपानीमन्त्री प्रदीप यादवबीच आज जनकपुरधाममा भएको भेटवार्तामा मधेशमा विद्यमान खानेपानी संकट समाधानका लागि संघीय र प्रदेश सरकारले संयुक्त अभियान सञ्चालन गर्ने सहमति भएको छ।

भेटमा दुबै तहका सरकारको संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्दै खानेपानी समस्या समाधानका लागि समन्वित रूपमा काम थाल्ने निर्णय भएको हो। संघीय र प्रदेश सरकारका उपलब्ध साधन स्रोतको अधिकतम प्रयोग गरी समस्या समाधान गरिने र खानेपानीसम्बन्धी सशर्त योजनाहरूलाई तत्काल कार्यान्वयनमा ल्याइने सहमति पनि भएको छ।

भेटपछि मन्त्री यादवले खानेपानी संकटको समाधानका लागि जनताको साथमा सरकार खडा हुने प्रतिबद्धता जनाएका थिए। जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम अघि बढाउन सरोकारवाला मन्त्रालय र निकायहरूलाई आवश्यक निर्देशन दिइएको उनको भनाइ थियो।

भेटवार्तामा मधेश प्रदेशका ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित दुबै पक्षका विज्ञ र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार