मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध छ : मुख्यमन्त्री कार्की

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे दिवस २०८२ को अवसरमा शुभकामना  सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले मे दिवसलाई श्रमजीवी मजदुरहरूको योगदानलाई सम्झने विशेष अवसरको रूपमा उल्लेख गरे । 

सन्देशमा भनिएको छ,‘नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गको ऐतिहासिक योगदानले आजको उपलब्धिहरू सम्भव भएका हुन् । संविधान २०७२ ले श्रमिकको अधिकार सुनिश्चित गरेको छ, अब ती अधिकारको व्यवहारिक कार्यान्वयनमा सरकार जिम्मेवार छ ।’मुख्यमन्त्री कार्कीले आजैको दिन प्रदेश सरकारद्वारा ‘कोशी लगानी सम्मेलन’को शुभारम्भ गरिएको जानकारी दिदै त्यसमार्फत रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण निर्माणमा नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरे ।  

‘श्रमजीवी वर्ग र श्रमप्रति हेर्ने नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्दै श्रमको सम्मान गर्ने संस्कार विकास गर्नु आजको आवश्यकता हो। सूचना प्रविधिको युगसँगै श्रमिकलाई नयाँ सीप र अवसरसँग जोड्नुपर्छ,’सन्देशमा उल्लेख छ।मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजीको विकास, उद्यमशीलता प्रवद्र्धन, श्रमिकको सेवा–सुविधा विस्तार तथा जीवनस्तर उकास्ने दिशामा कोशी प्रदेश सरकार अग्रसर रहेको पनि बताए । उनले सबैलाई श्रमको सम्मान र श्रमिकप्रतिको कदर गर्ने चेतना फैलाउन आह्वान गर्दै राष्ट्र निर्माणमा श्रमिक वर्गको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार