मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

टीकापुर घटनामा राज्यले क्षतिपूर्तिसहित माफी माग्नुपर्छ : रेशम चौधरी

Ujyalosandeshonline 12441+ समाचार ( )
३० जेठ २०८१, बुधवार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले टीकापुर घटनामा जबर्जस्ती थारुहरुलाई दोषी बनाइएको भन्दै उनीहरुलाई राज्यले उचित क्षतिपूर्ति दिएर माफी माग्नुपर्ने बताएका छन् ।

सँगै मञ्चमा आसिन गृहमन्त्री रवि लामिछानेलाई उल्लेख गर्दै चौधरीले भने, ‘टीकापुर घटनामा जबर्जस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्ति सहित राज्यले माफी माग्ने बन्दोबस्त गर्नुहोस् । हाम्रो के अपराध थियो ? जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पु¥यायो, त्यो साढे ८ वर्ष जेलको कालकोठरीमा बस्नुपर्ने ?’  

काठमाडौंमा बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवस कार्यक्रममा चौधरीले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताए । उनले गिरीशचन्द्र लाल नेतृत्वको आयोगमा उक्त विवरण रहेको समेत प्रष्ट पारे ।

‘टीकापुर घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौं । टीकापुरको अब नाम भन्ने बेला आएको छ,’ चौधरीले भने ।

यस्तै, चौधरीले आफू र श्रीमती रञ्जिता श्रेष्ठ बीचको सम्बन्धमा समेत फाटो ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल लागेको भन्दै उनलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको भन्दै कटाक्ष गरे ।  

‘दुई–चार महिनादेखि हाम्रो घरमा आगो लगाइदिए यिनीहरुले । लोग्ने–स्वास्नीको बीचमा फाटो ल्याउन लाग्ने राजनीतिक दलले देशको विकास गर्लान ? कस्तो नैतिकता, हाम्रो प्रधानमन्त्रीको बडा फुर्सद । प्रधानमन्त्रीलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको छ मलाई,’ चौधरीले भने ।  

यस्तै चौधरीले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखद भएको गुनासो गरे । 

‘महाधिवेशन नै नगर्ने पार्टीहरु वैध, पुसको कठ्यांग्रिने जाडोमा जनताहरु आएर गरेको महाधिवेशन अवैध ?’ उनले प्रश्न गरे । उनले समानुपातिक निर्वाचन प्रणाली उचित नभएको तर्क पनि गरे । थारुलाई जोगाउनुपर्ने बताएका उनले नजिस्क्याउन पनि चेतावनी दिँदै टीकापुर घटना घुसपैठ नभएर राज्यको सुनियोजित षड्यन्त्र भएको आरोप लगाए ।

उनले जेलमा आफूलाई माओवादी नेताले नै त्यसको पुष्टि गरेको उल्लेख गर्दै भने,  ‘कृष्णबहादुर महराजीले जेलमा भन्नुभएको छ, ‘एक ठाउँमा युद्ध नगरे संविधान जारी हुँदैन थियो रेशमजी, ठाउँको खोजी हुँदै थियो टीकापुर भयो, अच्छा भयो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार