मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

विशेष अदालतमा माधव नेपालको बयान सकियो

Ujyalosandeshonline 12442+ समाचार ( )
११ असार २०८२, बुधवार

काठमाडौं । पतञ्जली जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बुधबार विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एर्कीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान सकिएको छ । 

विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको हो । बयानपछि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ । 

नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी लगायत १२० जनाले बहसका लागि नाम टिपाएका छन् । तर, थुनछेक बहस लम्बिएमा आज नेपाल न्यायिक हिरासतमा बस्नुपर्ने हुनसक्ने भएकाले नेपालको तर्फबाट केही कानुन व्यवसायीले मात्रै बहस गर्ने बताइएको छ । 

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितले बहस गर्दै छन् ।  अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार