मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |
मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |


भैरहवामा सेपाक ताक्रोको डेमो प्रर्दशन

Ujyalosandeshonline 12438+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

भैरहवा । भैरहवामा पहिलो पटक आईतबार सेपाक ताक्रो खेलको नमुना अभ्यास गरिएको छ । भलिवल जस्तो देखिने गोलो डल्लालाई खुट्टाले हिर्काएर खेलिने सेपाक ताक्रो भैरहवाको भानु माध्यमिक विद्यालयमा नमुना अभ्यास गरिएको हो । 

सेपाक ताक्रा संघ रुपन्देहीका आयोजनामा नमुना अभ्यास गरिएको हो । सानो मैदानमा कम जनशक्ति, कम खर्चिलो एवं सरल तवरबाट खेल सञ्चालन गर्न सकिने हुदा यसको सम्भावना राम्रो भएका कारण रुपन्देहीमा पहिलो पटक नमुना अभ्यास गरिएको हो । 

२०६४ सालमा विधिवत रुपमा राष्ट्रिय खेलकूद परिषद्मा यो खेल दर्ता भएको थियो । परिषद्मा सूचिकृत ६१ वटा खेलहरु मध्ये सेपाक ताक्रो पनि एक रहेको नेपाल सेपाक ताक्रो संघका केन्द्रिय अध्यक्ष नेत्र बहादुर गुरुङ्गले जानकारी दिए । यो खेललाई सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेस गरिएको छ । मूख्य उद्गम स्थल मलेशिया रहेको यो खेल मलेशिया संगै बु्रनाई, सिङ्गापुर, थाईलैण्ड, म्यानमार, भियतनाम लगायत दक्षिण पूर्वि एशियामा यो खेल खेल्ने गरिएको गुरुङ्गले जानकारी दिभ । “हामी २०६४ साल देखि संघर्ष गर्दै आईरहेको थियौ, अहिले यो राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरुमा समावेश भईसकेको छ ।” गुरुङ्गले भने “साउथ एशियन प्रतियोगितामा सहभागी नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका र बांग्लादेश मध्ये नेपाल दोश्रो स्थान सम्म पुगेको छ ।”

सेपाक ताक्रोलाई नेपाल भरि फैलाउने र यसका खेलाडीहरु उत्पादन गर्ने उद्देश्य सहित जिल्ला जिल्लामा यसको शाखाहरु गठन गरि खेललाई प्रोत्साहन गर्ने काम भईरहेको छ । यसैको लागि संघको केन्द्रिय टोली सहितको सहभागीतामा भैरहवामा डेमा प्रर्दशन गरिएको सेपाक ताक्रो संघ रुपन्देहीका अध्यक्ष बसन्त भट्टराईले जानकारी दिए । उनले यसलाई अब जिल्लाका अन्य विद्यालय हुदै निजि तवररबाट पनि खेलाडी उत्पादनमा जोड दिईने बताए । 

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले सानो चौर र थोरै लगानीमा खेल्न सकिने यो खेलले खेलकूदको जगतमा नेपाललाई राम्रो हुन सक्ने सम्भावना रहेको बताए ्। तराईमा खेलिने “चुङ्गी” जस्तै रहेको यो खेल भलिबलको शंशोधित रुप रहेको उनको टिप्पणी थियो । सानो लगानीमै खेलाउन सकिने भएकोले यसलाई पालिकाहरुले अपनत्व लिनुपर्ने उनको धारणा थियो ।

सेपाक ताक्रो संघ रुपन्देहीका अध्यक्ष बसन्त भट्टराईको अध्यक्षता, सचिव फडिन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा भानु माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष फैज अहमद खाँन, सेपाक ताक्रो संघका केन्द्रिय उपाध्यक्ष गंगा बहादुर गुरुङ्ग, यम गुरुङ्ग, लुम्बिनी प्रदेश अध्यक्ष लोकमणि आत्रेय, गण्डकी प्रदेश अध्यक्ष श्याम बहादुर श्रेष्ठ, अन्र्तराष्ट्रिय प्रशिक्षक मेघराज तोलाङ्गी , वडा नम्बर ९ का वडा सदस्य बसुन्धरा शर्मा पौडे, युवराज बराल लगायत टोल सुधार समितिका पदाधिकारी, विभिन्न विद्यालयहरुको प्राचार्य एवम खेल शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य श्री भानु माध्यमिक विद्यालयका प्राचार्य मोतीलाल सुवेदीको रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार