मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड

Ujyalosandeshonline 12441+ समाचार ( )
३० असार २०८२, सोमबार

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ३ अर्ब १ करोड ९ हजार ४ सय ६३ रुपैयाँको बजेट ल्याएको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिकाले १३ औँ नगरसभाबाट प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३, पुँजीगततर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक सुरक्षा भत्तातर्फ ५० करोड रकम बजेट विनियोजन गरिएको जानकारी गराएको छ ।

आर्थिक वर्ष २०८१।०८२मा जनकपुरधाम उपमहानगरपालिकाले चालुतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र ७१ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकास, पर्यटन पवद्र्धन, कृषि उद्योगको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, गरिबी न्युनीकरण, ग्रामीण विद्युतिकरण, हरित शहरलगायतका योजनालाई केन्द्रमा राखेर बजेट ल्याइएको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार