मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

सबै अस्पतालमा ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

Ujyalosandeshonline 12444+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिएको छ ।  निर्वाचनमा सम्भावित दुर्घटना कम गर्नका लागि ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सङघ, प्रदेश र स्थानीय तहका अस्पताललाई अस्पतालको जनशक्ति हेरेर पाँचदेखि २५ जनासम्म रहने गरी ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिइएको छ । “दु्रत प्रतिकार्य टोलीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निर्वाचनमा घाइतेको उपचार, एम्बुलेन्सको समन्वय गरी घाइतेलाई अस्पतालसम्म ल्याउने काम गर्छ ।

अस्पतालमा रहेका चिकित्सक रहेको चिकित्सकको टोलीले घाइतेको उपचार गर्नेछ”, प्रवक्ता डा बुढाथोकीले भन्नुभयो । उहाँले निर्वाचनका दिन अस्पतालले बहिरङग सेवा सञ्चालन नगरी आकस्मिक सेवा मात्र सञ्चालन गर्न निर्देशन दिएको बताउनुभयो । यस्तै, मन्त्रालयले ७७ जिल्लामा रहेका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार