मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘काठमाडौंका मेयरलाई आदर्श बनाएर समाज अघि बढ्दैन’

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले वर्तमान समाजको आदर्श काठमाडौंको मेयरलाई बनाएर समाज अगाडि नबढ्ने बताएका छन् । 

काठमाडौंमा सोमबार आयोजित अन्तरक्रियामा उनले आफ्नो माग राख्नका लागि सफा राख्नुपर्ने सहर आफैं फोहोर गर्दै हिँडेको भन्दै समाज यस्तोको हातमा दिएर सुशासन र समृद्धिको कुरा सम्भव नभएको बताए । 

उनले भने, ‘हाम्रो समाजको आइकन हामी कसलाई बनाउन खोज्दैछौ भनेर भन्दा काठमाडौंको मेयरलाई, जसले आफ्नो माग राख्नको लागि काठमाडौंका कार्यालयमा लगेर धुलो फ्याँक्छ । हाम्रो आदर्श अब समाज कसरी निर्माण गर्ने भन्दा आफूले सफा राख्नु पर्ने सहरहरु आफंै फोहोर गर्दै हिँड्ने । सिंहदरबारको फोहोर उठ्दैन्, कहिले मन्त्री क्वाटरमा लगेर फोहोर राख्न र हाम्रो आदर्श पनि त्यही बन्दैछ । समाज यस्तोको हातमा जाने, अनि हामीले सुशासन र समृद्धिको कुरा गरेर हामीले समाजलाई नेतृत्व गर्न सक्छौ ?’

यस्तै, उनले पछिल्लो समय सामाजिक सञ्जालले निर्माण गरेको मुखहरु सुशासन, विकास र सपनाको अवसान गर्ने एउटा बाटो मात्र भएको बताए । उनले नेपाली समाजको आजको समस्या हल गर्न राज्यलाई बलियो बनाउनुपर्ने भन्दै बलियो राज्यले मात्र जनताको जीवन समृद्धि बनाउने सक्ने बताए । 

उनले भने, ‘हामीले जनता र राज्यलाई जोड्नु पर्छ । राज्य बलियो भयो भने मात्र जनता सुरक्षित र संरक्षित हुन्छन् र जनताको जीवनमा समृद्धि सम्भव हुन्छ । कमजोर राज्यले जनतालाई कहिले पनि सुख, समृद्धि दिन सक्दैन । त्यसकारण नेपाली समाजको आजको समस्या हल गर्ने हो भने राज्यलाई बलियो बनाउनु पर्छ, त्यसपछि मात्र नागरिकहरु सुरक्षित हुन्छन् । हामीले यसको आधारमा सोच्नु पर्छ ।’ 

वर्तमान अवस्थामा शक्ति र ज्ञानभन्दा धनको उपासनामा बढी ध्यान गएको भन्दै समाज परिवर्तन गर्ने हो भने यस्तो चिन्तनको धारणालाई परिवर्तन गर्नुपर्ने भनाइ पनि उनले राखे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार