मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

दशैंलाई लक्षित गरी रुपन्देहीमा सुरक्षा व्यवस्था कडा, ९९८ प्रहरी परिचालन

Ujyalosandeshonline 12441+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

भैरहवा । दशैं पर्वलाई लक्षित गरी रुपन्देही जिल्लामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। पर्वको समयमा हुन सक्ने विभिन्न आपराधिक तथा अप्रिय घटनाहरूलाई न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विशेष सुरक्षा योजना लागू गरेको छ। यस योजना अन्तर्गत ९९८ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिएका छन् ।

रुपन्देही प्रहरीले जिल्लाका संवेदनशील तथा भीडभाड हुने क्षेत्रहरूमा विशेष निगरानी बढाएको छ। बजार क्षेत्र, सार्वजनिक यातायातका साधनहरू, मठमन्दिर तथा मेला लाग्ने स्थानहरूमा समेत प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम गर्ने प्रयास गरिएको छ। चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट, ठगी लगायतका घटनाहरूलाई रोक्नका लागि गस्ती तथा चेकजाँचमा समेत कडाई गरिएको छ ।

रुपन्देही प्रहरी प्रमुखका रूपमा प्रदीप बहादुर क्षेत्रीको आगमनपछि जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उल्लेख्य सुधार आएको स्थानीयले महसुस गरेका छन् । उनको नेतृत्वमा प्रहरीले विभिन्न जनमुखी कार्यक्रमहरू सञ्चालन गर्दै अपराध नियन्त्रणमा सफलता हासिल गरेको बताइएको छ । दशैं पर्वमा ढुक्क भएर रमाइलो गर्न तथा कुनै पनि असुरक्षाको महसुस भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा १०० मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सम्पूर्ण नागरिकहरूलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार