मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

Ujyalosandeshonline 12431+ समाचार ( )
२ श्रावण २०८३, शनिबार

गण्डकी । जल तथा मौसम विज्ञान विभागले आज र आइतबार गण्डकी प्रदेशका पहाडी भू–भागमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै प्रदेशका आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज जारी सूचनामा गण्डकीका कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत, म्याग्दीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने उल्लेख छ ।

प्राधिकरणले उक्त अवधिमा जरुरी अत्यावश्यकबाहेक घरबाट टाढा नजान र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । जुनसुकै बेला बाढीपहिरोलगायत विपद्का घटना हुनसक्ने हुँदा उच्च सतकर्ता अपनाउन र विपद् पूर्वतयारीमा जुट्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आज र आइतबार कास्कीबाट छुट्ने र जिल्ला हुँदै अन्यत्र जाने रात्रिकालीन यातायात सेवा पूर्णरूपमा बन्द गरिने जानकारी दिनुभयो । विपद् प्रतिकार्यका लागि जिल्लाका सबै संयन्त्र तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार