मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सिरोहियाविरुद्ध राज्य लाग्यो, कानूनको गलत र कपटपूर्ण प्रयोग भयो : नेता सिटौला

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमाडौं । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सरकारले कानूनको गलत र कपटपूर्ण प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाएका छन् । 

सोमबार काठमाडौंमा गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले अदालतले कान्तिपुरका मालिक सिरोहियालाई पक्राउ गर्न पहिला आदेश नदिएको बरु सरकार आफैं पक्राउ पूर्जी माग्न अदालत पुगेको दाबी गरे । 

‘हामीले प्रधानमन्त्रीसँग भेट्दा किन यसरी सिरोहियालाई पक्राउ गरेको भनेर सोध्दा अदालती प्रकृयाबाट पक्राउ पूर्जी आयो । अब अदालतले नै छोड्ला भन्ने हल्का जवाफ दिनुभयो ।’ सिटौलाले थपे, ‘सरकारले प्रहरीलाई अदालतमा गएर पक्राउ पूर्जीको आदेश माग है नभनेको भए अदालत आफैंैले पूर्जी दिन्थ्यो त ? अदालत के आफैं एक्टिभ भएको हो त ?’ अदालत आफैंले पक्राउ गर्नलाई निर्देशन दिएको होइन, सरकार एक्टिभ भएको हो । उहाँलाई जुन परिस्थितिमा जुन तरिकाले पक्राउ गरेर लगियो र हिरासतमा राखेर जसरी अनुसन्धान भइराखेको छ, ठ्याक्कै त्यसको निष्कर्षमा भन्दा त्यो कानूनको अत्यन्त गलत र कपटपूर्ण प्रयोग भैरहेको छ ।’

सिटौलाले कान्तिपुरले पटक पटक सहकारी ठगीको विषय मुद्दाका रुपमा उठाएकाले संसदमा गृहमन्त्रीविरुद्ध संसदीय छानविन समितिको माग भएको भन्ने परेकाले नै गृहमन्त्री रवि लामिछानेले सिरोहियालाई समाएपछि सबै मिडियाले आफूबारे बोल्न छाड्छन भन्ने हेतुले सिरोहियालाई पक्राउ गर्न लगाएको आरोप लगाए । 

गणतन्त्र स्थापनाको लागि ०६२÷०६३ मा भएको आन्दोलनमा राजनीतिक दलहरुले आन्दोलन अगाडि बढाउन नसकेको स्थितिमा कान्तिपुरसँगै प्रेस जगत सडकमा आएको स्मरण गरेका उनले कान्तिपुर जस्तो प्रेसको मुख थुन्नु भनेको जनताको मुख थुन्नु भएको टिप्पणी गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार