मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

पहिरोमा परेर ज्यान गुमाएका खेलाडीको घरमै पुर्याइयो राहत

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

हेटौंडा । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा आएको पहिरोमा परेर ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ एकेडेमीका दुई खेलाडीका परिवारलाई प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक तीर्थराज चिलुवालको टोलीले घरमै पुगेर बिहीबार राहत उपलब्ध गराएका छन् । 

सरकारको तर्फबाट प्रजिअ चिलुवालले प्रति मृतकका परिवारलाई २,२ लाख रुपैयाँ चेक हस्तान्तरण गरेका थिए । हेटौंडा उपमहानगरपालिका–१२ का मृतक अनुपम घलानका बाबु ललित घलानलाई दुई लाख रुपैयाँ प्रजिअ चिलुवालले हस्तारन्तरण गरेका थिए । घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख हुन् ।

यसैगरी मकवानपुरगढी–४ का मृतक साइमन योञ्जनका बाबु हेमबहादुर योञ्जनलाई प्रजिअ चिलुवाल दुई लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । उक्त राहत रकम हस्तान्तरण गर्न मकवानपुरका सुरक्षा निकायका प्रमुखहरु पुगेका थिए । मकवानपुरको सिस्नेरी टेकरका दिवस बानियाँको परिवारलाई शुक्रबार सिस्नेरीस्थित घरमा नै गएर उक्त राहत रकम हस्तान्तरण गर्ने प्रजिअ चिलवाल बताए ।

हेटौंडाबाट सिस्नेरी पुग्नु कुलेखानी ड्याम नजिकबाट झन्डै तीन घन्टा पैदल हिँडनु पर्छ । सिस्नेरीको पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको पहिरोले पुरेर मृत्यु भएको थियो । मृत्यु हुनेमा मकवानपुरका तीन जना बाहेक अन्य तीन जनामा सर्लाहीका आदित्य बलम्पाखी, काठमाडौंका प्रियान्स आचार्य र निजगढका बिकल रेग्मी थिए । इन्द्रसरोवर गाउँपालिका–३, वत्सलादेवी माविमा एन्फाले राखेको यू–१३ क्याम्पका ४० खेलाडीमध्ये ६ जना पहिरोमा परेर ज्यान गुमाएका थिए ।

अविरल वर्षासँगै करिब ३१ वर्षपछि कुलेखानी जलविद्युत् आयोजनाको बाध भरिएपछि बाधको ढोका खोल्दा सिस्नेरी खोलाको जलसतह बढेको थियो ।खोला को सतह बढे सँगै खेलाडीलाई सुरक्षित स्थान तर्फ सार्ने क्रममा पहिरोमा परेको एन्फा केन्द्रीय सदस्य टीका राम लामाले बताए  । एन्फाले गत वैशाख महिनाबाट सिस्नेरीको टेकरमा होस्टल र आवासीय सुविधासहित एकेडेमी सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार