मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

राजावादी विरुद्ध नेकपा एसले एक लाख जनता उतार्ने

Ujyalosandeshonline 12441+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राजावादीहरु विरुद्धमा चैत १५ गते आयोजना गर्ने जनविरोधमा एक लाख भन्दा माथिको सङख्यामा जनताको सहभागिता रहने जनाएको छ ।

सोमबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष जगनाथ खतिवडाले जनता राजावादीहरुसँग नभइ गणतन्त्रकै पक्षमा छन् भन्ने प्रमाणीत गर्न विरोधसभा गर्न लागेको जानकारी दिए । 

उनले भने,‘चैत १५ गते नेकपा एसले एउटा जनप्रदर्शनको आयोजना गरेका छ । त्यसलाई भव्य र सफल बनाउन समाजवादीको तर्फबाट अधिकतम प्रयास गर्ने विषयमा छलफल भयो । आन्तरिक रुपमा छलफल भइरहेको छ । राजावादीहरुले गरेको गतिविधिहरुलाई खण्डन गर्ने र जनता गणतन्त्रवादीसँगै छन् । नाटकीय ढंगले प्रचार गर्दैमा जनता राजावादी हुँदैनन भन्नको लागि र जनताको आकांक्षा सडकमा प्रर्दशन गर्ने हाम्रो पहिलो प्रयास हो । लाखभन्दा माथि नै जानुपर्छ भन्ने तरिकाले कोशिस गर्ने छौं ।’ 

उनले राजसंस्था आउने सम्भावना नरहेको भन्दै यसलाई चुनौतीको रुपमा भन्दा पनि जनता आफूहरुसँगै छन् भन्ने दाबीलाई देखाउने मात्र उद्देश्य रहेको बताए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार