भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ नारायण थानबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको लत्ताकपडा, सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डाका सशस्त्र प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले चार लाख ४७ हजार बराबरको अवैध लत्ताकपडा र ढुवानीमा प्रयोग भएको रु ११ लाख मूल्यको लु १ च ८७७६ नम्बरको छोटा हात्ती गाडी नियन्त्रणमा लिएको हो। प्रहरीले गाडी चालक सिद्धार्थनगर–९ उदयपुर बस्ने ४५ वर्षीय सुकै चमारसहित कुल रु १५ लाख ४७ हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाएको छ।