मुख्य समाचार
पाल्पामा सडक दुर्घटना उद्धार सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न | ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता | भैरहवामा ‘भैरहवा दशैं महोत्सव–२०८३’ आयोजना हुने | बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो | जुम्लामा आज सार्वजनिक बिदा | मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ | कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा | भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई | हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक |

पाल्पामा सडक दुर्घटना उद्धार सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न

Ujyalosandeshonline 12473+ समाचार ( )
२२ अशोज २०८३, बिहीबार

पाल्पा । जिल्ला सुरक्षा समिति पाल्पाको आयोजनामा पाल्पाको तानसेन नगरपालिका होलाङ्दीस्थित पाल्पा-गुल्मी सडक खण्डमा सडक दुर्घटना उद्धार सम्बन्धी कृत्रिम अभ्यास कार्य सम्पन्न भएको छ । नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गरी हुन सक्ने सम्भावित सडक दुर्घटना र दुर्घटनापश्चात् हुने क्षतिलाई न्यूनीकरण गर्ने तथा उद्धार कार्यलाई छिटोभन्दा छिटो र प्रभावकारी बनाउन सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राख्ने उद्देश्यले यो अभ्यास आयोजना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुले दिनुभएको जानकारी अनुसार, यो कृत्रिम अभ्यासको मुख्य उद्देश्य दुर्घटनाको समयमा उद्धारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने र सुरक्षा संयन्त्रलाई चुस्त राख्ने रहेको छ । नागरिकको सेवा र सुरक्षाका लागि प्रहरी २४ सै घण्टा तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

पंजियार थारुले पाल्पामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै जिल्लामा जनचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आउनुभएको छ । यस प्रकारका कार्यक्रमहरूले नागरिकहरूमा जनचेतना फैलाउन र दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । उक्त कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, सशस्त्र प्रहरीका प्रमुख लगायत जिल्ला सुरक्षा समितिका सदस्यहरूको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार