मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

देउवाले भने– पार्टीभित्र अन्तर्घातको ठूलो रोग छ

Ujyalosandeshonline 12441+ समाचार ( )
५ पौष २०८०, बिहीबार

जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्ने रोग रहेको बताएका छन् ।

पार्टीको मधेस प्रदेश समितिको पहिलो सम्मेलनलाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै उनले कांग्रेसलाई अन्तर्घातको रोगबाट जोगाएर बहुमत पार्टीका रुपमा स्थापित गर्न आग्रह गरे ।

उनले भने, ‘अहिलेको बेला समानुपातिक समावेशी प्रणालीमा कसैको पनि बहुमत आउने सम्भावना कम हुन्छ, अहिले हाम्रो सबै भन्दा ठूलो पार्टी भएको छ । त्यस्तै भोलिको दिनमा पनि हाम्रो पार्टीलाई अन्तर्घात भन्ने रोग लागेको छ । त्यसबाट जोगाएर बहुमत पार्टीको रुपमा स्थापित गर्नुहोला ।’

मधेस प्रदेशबाट भविष्यमा मुलुक सुदृढीकरण, राजनीतिसँगै कांग्रेसलाई बलियो बनाउने काममा मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।

त्यस्तै पार्टीका महामन्त्री गगन थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले भने,‘केही महिनामै कांग्रेसको प्रधानमन्त्री पनि बन्छ । सिंगो देशको जिम्मा सिंगो देशको जिम्मा हामीले लिन्छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार